मलेसिया एक दक्षिणपूर्वी एसियामा रहेको सङ्घात्मक अधिराज्य हो। यो देशको राजधानी क्वालालाम्पुर हो। नेपालसँग यो देशको नजीकको सम्बन्ध रहेको छ। यहाँ धेरै पहिले देखिनै प्रथम विश्वयुद्धदेखि मलेसियामा गई बसेका नेपालीहरूको गाँउ नै रहेको छ। हाल रोजगारीका लागि झण्डै तीन -चार लाख नेपाली मलेसियामा छन। मेलेशियाले नेपालमा राजदूतावास खोलेको छ भने, नेपालले सरकारले पनि मलेसियामा राजदूतावास खोलेको छ।
जनसङ्ख्या

मलेसियाको जनघनत्वको ग्राफ
सन् २००८ को जनगणना अनुसार, २ करोड ७७ लाख ३० हजार जनसङ्ख्या रहेको यस देशमा मले जातीको बाहुल्यता रहेको छ। जसमा कुल जनसङ्ख्याको ५७ प्रतिशत माले जाती रहेका छन् भने बाँकी ३० प्रतिशत चिनिया १० प्रतिशत भारतीय र अन्य ३ प्रतिशत मिश्रित जनजातीको संख्या रहेको छ। जनसङ्ख्याको मापनमा यो देशलाई हाल आएर सांस्कृतिक देश भनेर पनि चिनिन्छ।
भूगोल
भौगोलिक अवस्था संसारको नक्सालाई हेर्दा मलेसिया भू-मध्य रेखाको उत्तरमा दुई देखि सात डिग्रीमा स्थित छ। मलेसियाको छिमेकी राष्ट्रहरूमा उत्तरमा थाईल्याण्ड र दक्षिणमा सिंगापुर अवस्थीत छ भने पूर्वी सिमानामा फिलिपिन्स र पश्चिमको भू-भाग इण्डोनेसियाले घेरेको छ। मलेसियाको क्षेत्रफल ३,२९,७५८ वर्ग किलोमिटर रहेको छ।
अर्थतन्त्र
संसारकै सबै भन्दा बढी रबर उत्पादनको रूपमा मुख्य गरी मलेसियालाई चिनिन्छ। यो मात्र नभएर काठपात तेल तथा टिन उत्पादनले पनि हाल आएर यो देशलाई मुख्य आय श्रोत्रको रूपमा टेवा पुर्याएको छ। निर्मित बस्तु निर्यातले पनि मलेसियाको अर्थतन्त्रलमा राम्रो सहयोग पुर्याएको छ। विश्व आर्थिक मन्दीले नेपालबाट मलेसिया का लागि काम गर्न जाने नेपालीहरूको संख्या केही महिना यता कम हुँदै गएको छ।
धर्म
मुस्लिम आधिकारीक धर्म भएतापनि अरु धर्महरू पनि स्वातन्त्र रूपमा मान्न पाइन्छ। बौद्ध, हिन्दु, किष्टचन साथै अन्य चाईनिज धर्महरू।
चाड पर्व
यहां धर्म अनुसारको चाड पर्व मनाईन्छ। मुस्लीमहरूको महान चाड हरीराय र हरी राय हाजी हो। त्यस्तै हिन्दुहरूको दिपावली, थाईपसामलाई मान्छन्। क्रिष्चनहरूले क्रिष्टमस र चाईनिजहरूले चाईनिज न्यूएयर। धार्मिक प्रचलन अनुसार अन्य चाड पर्वहरू पनि आ-आफ्नै तरिकाले मनाउने गरेको पाइन्छ
मुद्रा
मलेसियाको मुद्रलाई रिङगेट भनिन्छ। १, ५, १०, २०, ५० सेन र एक दुई, पांच, १०, ५०, १००, सिक्का तथा नोटहरू प्रचलनमा छ।
श्रोत: उइकिपिड़िया