क्वालालम्पुर (मलेसिया):= मलेसियाको डब्लुआरपी कम्पनीले आफ्नो मनोमानी ढंगले कामदारलाई बारम्बार विभिन्न बहानामा दु:ख दिने गरेको छ ।
आफ्नो कम्पनीमा काम गर्ने ५७ जना नेपालीलाई जवर्जस्ती आगामी ९ दिनभित्रमा नेपाल फर्काउने तयारी गरिरहेको खबर मलेसियाको चर्चित अनलाइन न्युज पोर्टल मलेसियाकिनीले छापेको छ ।
काम गरेको तलव र सुविधा नपाएको, जवर्जस्ती काम गर्न बाध्य पारिएको भन्दै नेपाली कामदारले सो कम्पनीको बदमासी,लापरबाहीपन गत बर्षको जनवरीमा पहिलो पटक समाजिक संजालमा र सञ्चारकर्मी संगको सहकार्यमा सार्वजनिक गरेका थिए ।त्यतीबेला तीनदिन सम्म कम्पनी भित्रै आन्दोलन समेत चलेको थियो जसको नेतृत्व नेपाली कामदारले नै गरेका थिए । यसपछि पनि केहि महिना अगाडी पुनः कामदारहरुलाई न्यून तलवमा बढी समय काम गराएको, काम गरेको तलव नदिइएको घटना सार्वजनिक भएको थियो । सो समाचार बेलायती सञ्चार माध्यम रोयटर्सले छापेको थियो।


डव्लुआरपीले ग्लोव कम्पनी सञ्चालन गर्नेगर्दछ ।
जहाँ उत्पादित ग्लोवहरु संसारका विभिन्न अन्तर्राष्ट्रिय देशहरुमा निर्यात हुन्छ । सो कम्पनीले बाध्यकारी श्रममा श्रमिकलाई लगाएको र श्रम शोषण गरेको भन्दै संयुक्त राज्य अमेरिका तथा युरोपेली देशहरुले (ग्लोव) पञ्जा किन्न प्रतिवन्ध लगाउन थालेपछि कम्पनीले प्रतिशोध साँध्दै नेपाली कामदारको समुहलाई नेपाल फर्काउन लागिएको हो ।
हाल केहि समयका लागि उत्पादन बन्द गरेको सो कम्पनी आगामी ९ दिनभित्रमा पुनः सञ्चालनमा आउने तर सो समयभित्रै नेपाली कामदारहरुलाई स्वदेश फिर्ता गर्ने तयारी रहेको समाचारमा जनाइएको छ । मलेशियाकिनीका अनुसार ५७ जना कामदारको भिषा यहि महिना सकिंदैछ जसको म्याद थपिएको छैन ।

ती कामदारहरुले काम गरेको कुल अवधि गणना गरिनुका साथै नेपाल फर्कने हवाई टिकटको समेत तयारी भइरहेको जानकारी प्राप्त भएको समाचारमा उल्लेख छ । प्राप्त कागजात अनुसार ति ५७ नेपालीको नेपाल फर्किने टिकट जनवरी ६, जनवरी ८ र जनवरी १३ को गरी तीन समुहमा लिइएको छ। नेपाली संगसंगै अन्य देशको कामदार लाई समेत स्वदेश फर्काउने तयारी कम्पनीले गरिरहेको छ।
नेपाल फर्काउन लागिएको नेपाली कामदारको राहतको लागी अमेरिका भने केही लचक देखिन्छन् , र यसबारे थप बिस्तृत जानकारी केहिदिन पछि बस्ने सम्बन्धित निकायको बैठक बाट मात्रै प्राप्त हुने क्ष्रोतले बताउनु भयो ।
Great content! Super high-quality! Keep it up! 🙂